2021-03-06Saturday नेपाल पर्यटन बोर्डले पायो स्कल सम्मान – Online Khabar – Hamro Nepal

नेपाल पर्यटन बोर्डले पायो स्कल सम्मान – Online Khabar


५ कात्तिक, काठमाडौं । यूरोपको स्पेनमा मुख्यालय रहेको अन्तराष्ट्रिय पर्यटन संस्था स्कल इन्टरनेशनलले नेपाल पर्यटन बोर्डलाई सन् २०२० को प्रेसिडेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । कर्पोरेट विधा अन्तर्गत यो सम्मान वर्षकै गन्तव्यका रुपमा नेपाललाई घोषणा गरी बोर्डलाई दिन लागिएको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले वर्तमान परिस्थितिमा नेपाल प्रवर्द्धन गर्ने अभियानलाई यस सम्मानले अझ उर्जा थपेको बताए । सम्मान सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत स्थापित बोर्डले अघि बढाइरहेको अभियान र निजी क्षेत्रको सक्रियता र निरन्तर उत्प्रेरणाबाट सम्भव भएको समेत उनले बताए ।

वार्षिक रुपमा प्रदान गरिने यो विशेष सम्मान १९८३ बाट प्रदान गरिँदै आएको छ । पर्यटन क्षेत्रमा संस्थागत रुपमा अभियान मार्फत सकारात्मक उर्जा निर्माण गर्न सघाउने संस्थालाई यो सम्मान प्रदान गरिन्छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>