2021-02-24Wednesday तीन औषधि पसल र २४ सवारी साधन कारबाहीमा – Online Khabar – Hamro Nepal

तीन औषधि पसल र २४ सवारी साधन कारबाहीमा – Online Khabar


५ कात्तिक, काठमाडौं । चाडपर्वको समयमा कालोबजारी र मापदण्ड विपरीत काम गरे नगरेको अनुगमन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनवटा औषधि पसल र २४ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

मंगलबार प्रशासनको दुई वटा टोलीले टेकु क्षेत्रका औषधि पसलमा गरेको अनुगमनको क्रममा ती औषधि पसलले स्वास्थ्य मापदण्ड विपरीत काम गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल पाण्डेले जानकारी दिए । ती औषधि पसललाई कमजोरी सुधार गरी सोको रिपोर्ट प्रशासनमा बुझाउन निर्देशन दिइएको छ ।

त्यस्तै, प्रशासनको टोलीले लामो दुरीका सवारीको टिकट काउन्टरमा पनि अनुगमन गरेको थियो । जसमा स्वास्थ्य मापदण्ड लागू नगरेका २४ वटा सवारी साधनलाई कारबाही गरिएको छ । ती सबैलाई चेतावनी सहित नियम अनुसार रु १०० रुपैयाँ कारबाही गरिएको प्रशासनले जनाएको छ ।

चाडपर्वको समयमा बजारमा स्वास्थ्य मापदण्ड लागू नगर्ने र कालोबजारी एवं अखाद्य वस्तु बिक्री गर्ने क्रम बढ्न सक्नेभन्दै प्रशासनले नियमित अनुगमन र कारबाही गर्दै आएको छ । त्यसैक्रममा मंगलबार प्रशासनले दुईवटा टोली बनाएर औषधि पसल र लामो दुरीको सवारीको टिक बिक्री वितरणको अवस्थाबारे अनुगमन गरेको थियो ।

 





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>