2021-03-06Saturday बिआरआईबारे चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलबीचच छलफल – Online Khabar – Hamro Nepal

बिआरआईबारे चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलबीचच छलफल – Online Khabar


४ कार्तिक, काठमाडौं । चीनको बेल्ट एण्ड रोड-बिआरआई) अन्तर्गत निश्चित परियोजना छनौटको काम अगाडि नबढिरहेको समयमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार नेपालका राजनीतिक दलहरुसँग भर्जुअल अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा सहभागी नेताहरुले नेपाल बिआरआईप्रति पूर्णरुपमा प्रतिवद्ध रहेको र दुई देशको सम्बन्धलाई अझ कसिलो बनाउनुपर्ने बताएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले प|mेन्ड्स अफ सिल्क रोड क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको पहिलो बेल्ट एण्ड रोडसम्बन्धी राजनीतिक दलहरुको सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाएका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलले सम्बोधन गरेका थिए ।

कार्यक्रममा शुभकामना सन्देश पठाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माण लगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजिक ल्याउने र नेपालको सामाजिक-आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने वताइन् । उनले भनिन, ‘नेपाललाई भूपरिवेष्टितबाट विश्वका अन्य मुलुक र भूभागसँग बहुआयामिक माध्यमबाट सहज ढङ्गले जोडिएको आधुनिक र विकसित मुलुकका रूपमा रूपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्पलाई साकार तुल्याउन व्यापक पूर्वाधार विकास र पर्याप्त आर्थिक लगानी एवम् प्राविधिक विकासको खाँचो छ ।’

उनले पूर्वाधार निमाण र सम्पर्क सञ्जालको विकास वेल्ट एण्ड रोड सहयोगको एक महत्वपूर्ण उद्देश्य भएकाले यसको प्रवर्द्धन गर्दै हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसंँगको साझेदारीलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशको विचमा भएको सम्झौताको कार्यान्वयन गर्ने समय आएको बताए । उनले भने, ‘शान्तिपूर्ण सहअस्तित्व लगायत पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ । चीनले पनि नेपालको सार्वभौमसत्ता र सार्वभौमिकतामा सदैव सम्मान गरेको छ । चीनले अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिनाले चीन नेपालको विश्वासिलो र भरपर्दो साझेदार बनेको छ ।’

कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराई, पूर्व परराष्ट्रमन्त्री एवं नेपाल काँङग्रेसका नेता प्रकाशशरण महत लगायतकाले संम्बोधन गरेका थिए । नेपालका प्रमुख राजनीतिक दलका नेतालाई एकै ठाउँमा ल्याएर चिनियाँ कम्युनिष्ट पार्टीले पहिलोपटक यस खालको कार्यक्रम आयोजना गरेको हो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>