2021-03-01Monday नसक्नेको उपचार सरकारले गर्ने भनेकै छ, तर भ्रम फैलाइयो : प्रधानमन्त्री – Online Khabar – Hamro Nepal

नसक्नेको उपचार सरकारले गर्ने भनेकै छ, तर भ्रम फैलाइयो : प्रधानमन्त्री – Online Khabar


४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् ।

सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो ।

तोकिएका बाहेक अरु संक्रमितले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्ने सरकारले निर्णय सुनाएको छ ।

सरकारी निर्णयको चौतर्फी आलोचना भइरहेको छ । स्वयंम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरुले समेत यो निर्णय सच्याउन सरकारसँग माग गरेका छन् ।

तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्राधनमन्त्री ओलीले भने आफैं खर्च गर्न नसक्नेहरुको उपचार सरकारले गर्ने भनेको स्पष्ट पारे ।

तर, सरकारको निर्णयलाई लिएर भ्रम फैलाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई चिर्नुपर्ने बताएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।






यो पनि पढ्नुहोस
जनताको मागमा कोरोनाको उपचार शुल्क लिने निर्णय : स्वास्थ्यमन्त्री





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>