2021-03-06Saturday ३७९० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका २३८८ जना – Online Khabar – Hamro Nepal

३७९० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका २३८८ जना – Online Khabar


३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये २३८८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८२ र भक्तपुरका ९९ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । उनीहरुमध्ये ७८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९४ हजार ५०१ जना संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र २३३५ जना संक्रमणमुक्त भएका हुन् ।

देशभरमा ४० हजार ७७८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६ हजार ९२७ होम आइसोलेसनमा छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>