
टाटा मोटर्सद्वारा एकैदिन १११ वटा गाडी डेलिभरी – Online Khabar
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ प्रालि ले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ ।
बिश्वब्यापी महामारीको प्रतिकुल परिस्थितिमा पनि एकैदिन १११ वटा गाडीहरु हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपुर्ण उपलब्धिको रुपमा लिएको छ ।
उत्कृष्ट बिक्रि तथा बिक्री पश्चातका सेवाहरुको सञ्जाल भएको सिप्रदीले तीन दशकभन्दा धेरै समयदेखि टाटा मोटर्सका अत्याधुनिक तथा सुबिधा सम्पन्न गाडीको बिक्रिबितरण र बिक्री पश्चातका सेवाहरु उपलब्ध गराउदै आएको छ ।
यात्रुका लागि सुरक्षामा बिशेष ध्यान पु¥याइएको टाटाका गाडीहरुले ग्लोवल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ्ग प्राप्त गरिरहेका छन् । टाटाका गाडीहरु सुरक्षित र बिश्वसनिय भएकाले ग्राहकहरुको रोजाईमा पर्न सफल भएको छ ।
टाटा मोटसर््को नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका रहेका छन ।
हालैमात्र सार्वजनिक गरिएको बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजले पनि नेपाली अटो बजारमा अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको कम्पनीले बताएको छ ।
बजारको मागअनुसार प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै गईरहेको सिप्रदीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सेवा पु¥याउदै आईरहेको छ ।
साथै टाटा मोटर्सका गाडी खरिद गर्न चाहने खरीदकर्ताहरुले आफुलाई पायक पर्ने टाटा मोटस्का सोरुमा गएर गाडीहरुको अवलोकन तथा टेष्ट ड्राइभ गरी खरीद गर्न सक्नेछन ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More