
कोरोना संक्रमण बढेसँगै इटालीमा प्रतिबन्धका नयाँ नियम – Online Khabar
३ कात्तिक, काठमाडौं । इटालीका प्रधानमन्त्री जिजुप्पे कोन्टेले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै सहरहरुलाई बेलुका ९ बजेदेखि सार्वजनिक स्थलमा हुने भेलामा रोक लगाउने अधिकार दिएका छन् । पछिल्लो समय इटालीमा कोरोना संक्रमितको संख्या बढेसँगै आइतबार प्रधानमन्त्रीले यस्तो निर्णय गरेका हुन् ।
आइतबार इटालीमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ११ हजार ७०५ नयाँ संक्रमित फेला परेका थिए । यससँगै प्रधानमन्त्री कोन्टेले अहिले मुलुकको अवस्था गम्भीर बन्दै गइरहेको तर मुलुकमा पुनः लकडाउन दोहोर्याउनुपर्ने अवस्था नआओस् भन्ने कुरालाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय गरेको बताएका छन् ।
अहिले ल्याइएको सामाजिक गतिविधिमा प्रतिबन्धको नयाँ नियमसँगै खेलकुदका कार्यक्रम र स्थानीय मेलामा पनि प्रतिबन्ध लगाइएको छ । त्यसका साथै सरकारले जिम र स्विमिङ पुलमा पनि प्रतिबन्ध लगाउने विषयमा विचार गर्न सक्ने बताएका छन् ।
कोरोनाबाट मृत्यु हुनको संख्यामा युरोपमा इटाली बेलायतपछि दोस्रो स्थानमा छ । इटालीमा ३६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । आइतबार मात्र इटालीमा कोरोनाबाट ६९ जनाको मृत्यु भएको थियो ।
स्रोत : रोयटर्स
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More