2021-03-07Sunday कांग्रेसका सांसदले दसैँ भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने – Online Khabar – Hamro Nepal

कांग्रेसका सांसदले दसैँ भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने – Online Khabar


३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सबै सांसदहरुले दसैँ भत्ता बापत पाउने रकम फिर्ता गर्ने भएको छ ।

यसअघि सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए ।

सरकारले दसैँ भत्ताबापत आफ्ना पार्टीका सांसदहरुलाई उपलब्ध गराएको रकम बापत हुन आउने कुल ४३ लाख २० हजार ८१० रुपैयाँ रकम संघीय संसदमार्फत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय कांग्रेसले गरेको हो ।






यो पनि पढ्नुहोस
कांग्रेसको प्रश्न : महामारीमा उपचार नगर्ने सरकार किन चाहियो ?







यो पनि पढ्नुहोस
सरकारले सांसदलाई पनि आफूजस्तै बदनाम गराउन खोज्यो : प्रकाशमान

नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको महामारीका कारणले उत्पन्न विषम परिस्थितिमा आम नेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दसैँ भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दभिक र उचित नभएकोले कांग्रेसको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपलब्ध गराइएको दसैँ भत्ता बापतको रकम फिर्ता गर्ने निर्णय गर्दछ ।’





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>