2021-03-03Wednesday आदिशक्ति दूर्गाको उपासना – Online Khabar – Hamro Nepal

आदिशक्ति दूर्गाको उपासना – Online Khabar


वैदिक मान्यताअनुसार यस संसारका सम्पूर्ण प्राणीहरू एउटै परमात्मा वा ब्रह्मका अंश हुन् । तर पनि सनातन परम्पराबाट दीक्षितहरूले आ–आप्mनो आवश्यकता वा रुचिअनुसार विभिन्न देवीदेवताको उपासना गर्दै आएका छन् । जस्तैः धन सम्पत्ति आर्जन गर्न चाहनेले लक्ष्मीको, विद्या आर्जन गर्न खोज्नेले सरस्वतीको, युद्धकला वा साहसिक काम गर्न खोज्नेले कालीको, राज्य व्यवस्थापन गर्नेले नारायणको, सिद्धिका लागि गणेशको, वितरागीले शिवको आदि ।

सृष्टिको रचना र सञ्चालनका लागि ब्रह्मका अतिरिक्त प्रकृतिको पनि ठूलो भूमिका छ । प्रकृतिलाई नै शक्ति भनिन्छ । शक्तिका तीन मुख्य पात्र छन्, महाकाली, महालक्ष्मी र महासरस्वती । शक्ति शब्दले दूर्गालाई जनाउँछ र दूर्गा, महाकाली, महालक्ष्मी र महासरस्वतीको समष्टि रूप हो । त्यसो त प्रकृति वा शक्ति वा दूर्गाका अनगिन्ती रूप छन् । नवरात्रमा नौ दिनसम्म प्रत्येक दिन दूर्गाका एकएक रूपको आराधाना गरिन्छ ।

माता दुर्गा यस्ती शक्ति हुन्, जसको आराधना गर्दा शक्ति सामथ्र्य, धनवैभव, विद्या, बुद्धि, कला, साहित्य सबैमा अनुकूलता प्राप्त गर्न सकिन्छ । एउटै आराध्यको उपासना गरेर जीवनका आवश्यक सबै पक्षलाई सन्तुलित रूपमा प्राप्त गर्न सकिन्छ ।

त्यसो त कुनै पनि देवीदेवताको कार्य पद्धति हामीले सोचेभन्दा फरक हुन्छ । उनीहरू घुस खाँदैनन् । साधकको देखावटीपनभन्दा भावना, बोलीभन्दा विचार, औपचारिकताभन्दा समग्र व्यवहारको ख्याल राखेर मात्र सहयोग वा संरक्षण गर्छन् । मेरो यो काम गरिदिनोस् भगवान्, म तपाईंको यस्तो पूजा गरौंला वा यस्तो चीज चढाउँला भन्ने सौदाबाजी गर्न खोज्नु बेतुकको कुरा हो । जसको इष्टदेवप्रति भाव वा समर्पण हुन्छ, त्यस्ता भक्तलाई न कुनै अभाव हुन्छ न उनीहरूले कुनै कुरा मागिरहनुपर्छ ।

दूर्गा सारा प्राणीकी जननी हुन् तर जसले उनलाई चिच्याएर बोलाउँछ वा आमाकै रूपमा व्यवहार गरिरहेको हुन्छ, तिनका समस्या समाधानमा उनी हरदम तयार रहन्छिन् । यसमा केही सन्देह छैनकि जसले उनको साधना गरिरहेको हुन्छ, त्यसको सापेक्ष रूपमा भौतिक र आध्यात्मिक प्रगति हुँदै गएको हुन्छ ।

मानिसको जीवनलाई उसको प्रारब्ध, मनमा उठ्ने विचार भावना र  वरिपरिको वातावरणले धेरै प्रभाव पारेको हुन्छ । साधना वा उपासनाले ती परिवेशलाई क्रमशः अनुकूल बनाउन सहयोग पु¥याउँछन् । एकपटक मन्दिर गएर याचना गर्नु वा धूप सल्काउनु वा बली दिनु लामो जीवनको कालखण्डमा गौण कुरा हुन् । लगातारको उपासनाले मात्र मानिसको जीवनमा केही सकारात्मक छाप छोड्न सक्छ, जसरी धेरै मानिस हिँड्दा हिँड्दै जमिनमा गोरेटो देखिन्छ ।

साधनामा सन्तुलित रूपमा लागेको समय र श्रमबाट पाइने फल दिगो हुन्छ तर जसको सोचविचार कपटपूर्ण छ, जसको खानपान जीवनशैली असन्तुलित छ र जसको व्यवहार असामाजिक वा हदैसम्म स्वार्थ पे्ररित त्यस्ता व्यक्तिले साधना गर्नु व्यर्थ छ ।

भनिन्छ, नवरात्र जीवनलाई सकारात्मक मोड दिने अवसर हो, यसलाई भेटघाट, खानपिन, जुवा र रमाइलोमा मात्र सीमित नराखेर दूर्गा भगवतीलाई आमाको रूपमा मान्ने, आफ्ना कमजोरीको बली दिने, सामाजिकीकरणमा लाग्ने, सन्तुलित खाना र मनोरञ्जनमा ध्यान दिन सकेमा व्यक्तिले शान्ति, आत्मविश्वास र सामथ्र्य प्राप्त गर्दै जान सक्छ । जसको उत्साह गिरेको छ, जीवनमा निराशा छाएको छ उनीहरूले  स्वाभिमान र आत्मविश्वास जागृत गर्न नवरात्री एउटा अमूल्य अवसर हो ।

नवरात्रमा देवीको उपासना गर्ने केही विधिहरु छन् । विधिपूर्वक घटस्थापना गरी दैनिक पूजा, शक्तिपीठहरुको दर्शन, दुर्गा सप्तशतीको पाठ, सिद्ध कुञ्जिकास्तोत्र पाठ, जप, भजन, कन्याहरुलाई पूज्ने, मौनधारण आदि यसका केही उदाहरण हुन् । दुर्गा भगवतीको साधनामा ( सत्व, रज र तम गरी तीनै गुणहरुको उपासना भएको हुन्छ । अर्थात् यसमा ज्ञान, कर्म र भक्ति तीनै पक्षको समन्वय रहेको छ । साथै भगवतीको साधनाले लौकिक र अलौकिक दुवै मार्ग सन्तुलित तरिकाले अघि बढाउँछ । वामपन्थका साधना, उग्र प्रकारका देवीदेवताको साधनाहरु असुरक्षित पनि हुन सक्दछन् तर दुर्गा भगवतीको साधना सरल र सुरक्षित छ । यसलाई जटिल नबनाई जे सम्भव छ र जानिएको छ, त्यही मात्र गर्न सकिन्छ ।

जसरी दिनभरको कामबाट शरीर र मन थकित भएको हुन्छ र साँझपख आरामको आवश्यकता महसुस हुन्छ, त्यसैगरी लगातारको कामबाट केही समयका लागि विश्राम लिने र साधना गर्नाले हामीले एउटा नयाँ ऊर्जा पाउन सक्छौं । नवरात्रिलाई ऊर्जा खर्च गर्ने होइन, साधना गरी ऊर्जा जम्मा गर्ने (रिचार्ज गर्ने) पर्वका रूपमा लिन सकेमा  कल्याण हुन्छ ।

दूर्गा माताको जप गर्दा मालाबाट र मानसिक रूपमा पनि गर्न सकिन्छ । जपको लागि नौ अक्षरमा ॐ थपिएको ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’मन्त्र बढी प्रचलित छ । मनमनै एकाग्रता र समग्रतामा गर्न सकिने भएकोले यसलाई मन्त्र भनिएको हो । ऐं ( महासरस्वतीको बीजमन्त्र हो भने ह्रीं र क्लीं क्रमशः महालक्ष्मी र महाकालीका बीजमन्त्र हुन् । कुनै पनि जात, सम्प्रदाय र आस्थाका मानिसहरूले भगवतीको उपासना गरेर लाभ उठाउन सक्छन् ।

आज महिला सशक्तीकरणको विषय बढी जोडबलका साथ उठिरहेको छ । निश्चय नै महिलालाई दोश्रो दर्जाको नागरिकको रूपमा हेर्ने र व्यवहार गर्ने एवं अनेक खालका हिंसा गर्ने खालका व्यवहार निन्दनीय छन् । नवरात्रमा गरिने यस साधनाले नारीमा सबलता आउँछ । जब पुरुष वा स्त्री देवी देवताहरू समान रूपमा पूज्य र वन्दनीय छन् भने यस धर्तीका नारीहरू कसरी दोश्रो दर्जाका हुन सक्छन् ?





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>