
युद्धविरामलगत्तै अजरबैजानले रकेट प्रहार गरेको अर्मेनियाको आरोप – Online Khabar
२ कात्तिक, काठमाडौं । अर्मेनिया र अजरबैजानबीच दोस्रो युद्धविराम भएलगत्तै अजरबैजानमाथि युद्धविराम उल्लंघनको आरोप लागेको छ ।
अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागु भएको चार मिनेटपछि नै अजरबैजानले रकेट र गोली प्रहार गरेको आरोप लगाएका हुन् ।
अर्मेनियाले लगाएको यो आरोपबारे अजरबैजानको धारणा सार्वजनिक भइसकेको छैन ।
२१ दिनसम्म चलेको लडाइँपछि अर्मेनिया र अजरबैजान दोस्रो पटक विवादित नागोर्नो काराबाख क्षेत्रमा ‘मानवीय युद्धविराम’का लागि तयार भएका थिए । दुवै देशबीच शनिबार मध्यरातिदेखि युद्धविराम लागु हुने बताएका थिए ।
यसुअघि अर्मेनिया र अजरबैजानले गत हप्ता पनि युद्धविरामको निर्णय गरेका थिए तर त्यो अर्को दिनमै भंग भएको थियो । युद्धविराम भंग हुनुको दोष दुवै देशले एकअर्कालाई लगाउने गरेका छन् । युद्धविराम भएको घोषणा गरिए पनि दुवै देशका सेनाबीच झडप भइरहेको छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More