2021-02-27Saturday गुल्मीको सिमीचौरमा ८ क्वीन्टल गाँजा नष्ट – Online Khabar – Hamro Nepal

गुल्मीको सिमीचौरमा ८ क्वीन्टल गाँजा नष्ट – Online Khabar


२ कात्तिक, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले गुल्मीको सिमीचौरमा ८ क्विन्टल गाँजा नष्ट गरेको छ ।

समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार गुल्मी प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमीचौरका बिभिन्न स्थानमा गाँजा फडानी गर्ने अभियानलाई तीव्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक रुद्रनाथ सापकोटा र सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीबाट सशस्त्र प्रहरी नायव निरीक्षक बिरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले ८ क्वीन्टल गाँजाका बोटहरु नष्ट गरेको हो ।

प्रहरीले सिमीचौरका २ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका २२ सय अबैध गाँजाका बोटहरु फडानी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए  ।

लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि गाँजा नष्ट गर्ने अभियान सन्चालन गरेको पन्तले बताए ।

गाउँमा पशुचौपायालाई औषधिको रुपमा खुवाइने भएकाले गाँजाको बोट हुर्काउने प्रचलन छ । तर प्रहरीले पशुचौपायाका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले भन्दै फडानी गर्दै आएको छ ।

गुल्मी जिल्लामा व्यवसायीक रुपले गाँजा खेती भने गरिएको पाइएको छैन् । स्थानीयले आयुर्वेदिक औषधि बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजाको प्रयोग गर्दछन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>