
३१६७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १७४६ जना – Online Khabar
१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।
यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More