2021-02-28Sunday ‘पुरानो चस्मा’मा नवविवाहित नेपाली जोडीको कथा – Online Khabar – Hamro Nepal

‘पुरानो चस्मा’मा नवविवाहित नेपाली जोडीको कथा – Online Khabar


डिसी । अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले महामारीको समयमा लघु चलचित्र ‘पुरानो चस्मा’निर्माण गरेका छन् । पुरानो चस्मामा अमेरिकामा बसोबास गर्ने नवविवाहित नेपाली जोडीको कथा समेटिएको छ ।

उनीहरुका बुबा–आमा अमेरिका भ्रमण गर्न आएपछि कथाले अर्को मोड लिने चित्रण गरिएको छ । चलचित्रमा कलाकारहरुको भूमिकामा सुमेश कुइँकेल ,अनिल पाण्डे, बिनिता ढकाल, सरोज खड्का, माया देवी कडरिया तथा निरु खत्री छन् ।

चलचित्रको सम्पादन उज्वल ढकालले गरेका छन् भने ध्वनी मिश्रण रिभेलेसन अडियो प्रालिले गरेको छ । कथा/आलेख विनय प्रसाद ढकालको छ भने निर्देशन विश्व शर्माको छ ।

अक्टोबर १६, २०२० का दिन लघु चलचित्र सार्वजनिक गरिएको छ । लघु चलचित्र १६ मिनेट ५१ सेकेन्डको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>