2021-03-01Monday लमजुङ र गोरखाको गुरुङ समुदायमा आजैदेखि सुरु भयो दसैं – Online Khabar – Hamro Nepal

लमजुङ र गोरखाको गुरुङ समुदायमा आजैदेखि सुरु भयो दसैं – Online Khabar


३० असोज, काठमाडौं । नेपाल एकीकरण अघि लमजुङ राज्य र गोरखा राज्यले समेटेको भूभागका गुरूङ समुदायमा दसैं सुरु भएको छ । अन्य समूदायले शनिबार घटस्थापना र जमरा राख्ने तिथि तय भएको भएपनि गण्डकी प्रदेशका गुरुङ समुदायले मौल पूजाको लागि शुक्रबार नै जमरा राख्ने चलन रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा. जगमान गुरूङले जानकारी दिए ।

विशेषगरी लमजुङ र गोरखा क्षेत्रका गुरुङ समुदायले घटस्थापनाको अघिल्लो दिन अर्थात् औंसीकै साँझ खाना खानुअघि मौला पूजाको लागि जमरा राखेर दसैंको सुरुवात गर्ने गर्छन् ।

कास्कीको याङ्जाकोट लगायतका केही क्षेत्रमा भने औंसीको दिन बिहानै नागरा पूजा गरेर दशैंको औपचारिक सुरुवात गर्ने चलन छ । तर सबै क्षेत्रमा नागरा पूजा भने गर्ने चलन नरहेको डा. गुरुङले जानकारी दिए ।

नागरा पूजा हुने क्षेत्रमा आज बिहान कोटघरमा गएर नगरा पूजा हुन्छ । खाना आएपछि माथि कोटमा गएर नगरा बजाउँछन् । त्यसपछि साँझ खाना खानुअघि नौवटा बोहोतामा नवदूर्गाको प्रतीक जमरा राख्ने गरिन्छ । नवमीको दिन घरमाथिको कोटमा गरिने पूजामा सोही जमराको प्रयोग गर्ने गरिन्छ । तर दशमीको दिन मान्छेले लगाउने जमरा भने घटस्थापनाकै दिन राख्ने गरिन्छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>