2021-02-25Thursday मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार नाघ्यो – Online Khabar – Hamro Nepal

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार नाघ्यो – Online Khabar


३० असोज, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार २८५ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा ३८७ जनाको मृत्यु भएको हो ।

त्यस्तै मेक्सिकोमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि आठ लाख ३४ हजार ९१० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोनाका पाँच हजार ५१४ नयाँ संक्रमित थपिएका हुन् ।

कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा मेक्सिको चौथो स्थानमा छ । अमेरिकामा अहिलेसम्म कोरोनाबाट दुई लाख १७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजार नाघेको छ । भारतमा पनि एक लाख १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

मेक्सिकोको सरकारले कोरोना संक्रमण पुष्टि भएका बाहेक पनि धेरै मानिसमा कोरोना संक्रमण हुन सक्ने बताएको छ ।

स्रोत  : रोयटर्स





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>