2021-03-07Sunday फ्रान्समा एकैदिन ३० हजार बढी संक्रमित – Online Khabar – Hamro Nepal

फ्रान्समा एकैदिन ३० हजार बढी संक्रमित – Online Khabar


३० असोज, काठमाडौं । फ्रान्समा बिहीबार एकै दिन ३० हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । बुधबार २२ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातिमा कर्फ्यु लगाउने निर्णय गरेको छ । शनिबारदेखि राति ९ बजेपछि बिहान ६ बजेसम्म मानिसहरुलाई घर बाहिर निस्किन बन्देज गरिएको छ । यो बन्देज कम्तिमा चार हप्तासम्म रहने बताइएको छ ।

राष्ट्रपति इमानुयल म्याक्रोले दैनिक संक्रमितको संख्यालाई ३ हजारभन्दा कम गराउने कोशिस गरिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट मानिसहरुको ज्यान जोगाउन कडा प्रतिबन्धहरु लगाउन अत्यन्त आवश्यक रहेको बताएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>