2021-03-06Saturday जारी सिजनमा अर्को सफल आरोहण, नेपाली टोलीले चढ्यो बरुन्त्से हिमाल – Online Khabar – Hamro Nepal

जारी सिजनमा अर्को सफल आरोहण, नेपाली टोलीले चढ्यो बरुन्त्से हिमाल – Online Khabar


३० असोज, काठमाडौं । आरोहणको जारी सिजनमा नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ ।

पर्यटन बिभागकी निर्देशक मिरा आचार्यका अनुसार दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल आरोहण गरेका हुन् ।

खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय शेर्पा नेतृत्वको टोली गत भदौ २१ गते प्रस्थान गरेको थियो । आरोहणको व्यवस्थापन एसियन ट्रेकिङ प्रालिले मिलाएको थियो ।

जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो ।

यस वर्षको आरोहण सिजनमा पहिलो सफल आरोहण बहराइनका राजकुमार मोहमद हमद मोहमद अल खलिफासहितको टोलीले गरेको थियो । बहराइनको टोलीले १७ असोजमा लोबुचे हिमाल आरोहण गरेको थियो । सोही टोलीले २९ असोजमा मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>