2021-03-08Monday किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते – Online Khabar – Hamro Nepal

किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते – Online Khabar


२९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।

निलकुमारी क्षेत्रको घरमा बिस्फोट भएको हो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो ।

३३ वर्षका संकल्प क्षेत्रीका अनुसार सुरुमा भुइँ तलाको भ¥याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।

विस्फोटमा ११ जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ ।

विस्फोटबाट ठूलो क्षति भएकाले महानगरीय प्रहरी परिषद, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली आफैं घटनास्थलमा पुगेका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>