2021-03-03Wednesday अजरबैजानले एक सेकेण्ड पनि युद्धविराम नमानेको अर्मेनियाको आरोप – Online Khabar – Hamro Nepal

अजरबैजानले एक सेकेण्ड पनि युद्धविराम नमानेको अर्मेनियाको आरोप – Online Khabar


२९ असोज, काठमाडौं । अर्मेनियाका राष्ट्रपतिले अजरबैजानसँग नागोर्नो काराबखमा जारी झडपमा आफ्नो सेनातर्फ ठूलो नोक्सानी भएको बताएका छन् । उनले टेलिभिजनमा सम्बोधनको क्रममा बोल्दै निकोल पाशिन्यानले अजरबैजानमाथि युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भने, ‘अजरबैजानले एक सेकेण्डको लागि पनि युद्धविराम मानेन र अहिलेसम्म पनि उसले आफ्नो आक्रमण जारी राखेको छ । यसको अर्थ अजरबैजान पूरा क्षेत्रलाई नै कब्जा गर्ने आफ्नो नीतिमा अडिग देखिएको छ ।’

नागोर्नो काराबहमा अजरबैजानबाट भएको नोक्सानीबारे बोल्दै पाशिन्यानले आफ्ना वीर सहिदप्रति शोक व्यक्त गरे । उनले टर्की र अजरबैजानको गठबन्धनले आफ्नो आक्रमण नरोकेको आरोप लगाए ।

यसैबीच अजरबैजानका राष्ट्रपति इलहाम अलीवले अर्मेनियामाथि मुलुकको ग्यास पाइपलाइनमा आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएको छ । साथै अजरबैजानले अर्मेनियालाई त्यसको गम्भीर जवाफ दिने चेतावनी पनि दिएको छ ।






यो पनि पढ्नुहोस
अर्मेनिया र अजरबैजानबीच युद्धविराम उल्लंघनको आरोप-प्रत्यारोप

अर्मेनिया र अजरबैजानबीच युद्ध सुरु भएको दुई साताभन्दा लामो समय भइसकेको छ । तर, अझै पनि युद्ध रोकिएको छैन । यसअघि शनिबार रुसको मध्यस्थतामा दुई मुलुकको बीचमा युद्धविरामको सम्झौता भएको थियो । तर, यो सम्झौताको पालना भने भएको छैन । दुवै मुलुकले एकअर्कालाई यो सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।






यो पनि पढ्नुहोस
अजरबैजान-अर्मेनिया युद्धमा ड्रोनको भूमिका

स्रोत : बीबीसी





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>