
११ नाल भरुवा बन्दुकसहित १० जना पक्राउ – Online Khabar
२८ असोज, काठमाडौं । प्रहरीले बागलुङको बुङखानीबाट ११ नाल भरुवा बन्दुकसहित १० जनालाई बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तमानखोला गाउँपालिका–२ बुङखानी बस्ने ६४ वर्षीय भिमबहादुर कामी, ४१ वर्षीय सुरेश रसाइली, २९ वर्षीय मोतीप्रसाद रसाइली, ४६ वर्षीय धनबहादुर छन्त्याल, २१ वर्षीय नकुल रसाइली, २८ वर्षीय तुला सिंह छन्त्याल, ३१ वर्षीय भुपाल छन्त्याल, ६६ वर्षीय गुनवीर छन्त्याल, ४५ वर्षीय जालबहादुर छन्त्याल र ६० वर्षीय भानबहादुर रसाइली रहेका छन् ।
घरमा अबैध रुपमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरीको टोलीले ११ नाल भरुवा बन्दुक र २ नाल बन्दुक बनाउन प्रयोग हुने सामग्री बरामद गरेको हो ।
भरुवा बन्दुक बरामद
बर्दियाको बढैयाताल गाउँपालिका–१ सानो डाँफेस्थित सडकबाट वेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीको टोलीले लोड भएको अवस्थामा मंगलबार राति बन्दुक बरामद गरेको हो ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More