2021-03-02Tuesday कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने – Online Khabar – Hamro Nepal

कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने – Online Khabar


२७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।

स्रोतका अनुसार मंगलबार मुख्यमन्त्री शाही र नेपाल पक्षका नेताहरुबीच भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी सहमति जुटेको छ । त्यसअनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने भएको छ ।

यससँगै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसद प्रमुख सचेतक गुलाबजंग शाहले मंगलबार बोलाएको संसदीय दलको बैठक नजाने भएका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका ३३ मध्‍ये १८ जना सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

 





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>