2021-03-06Saturday दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द – Online Khabar – Hamro Nepal

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द – Online Khabar


२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द गरिएको छ । यसैगरी नापी र मालपोत कार्यालय २८ गतेसम्मका लागि बन्द गरिएको छ । नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन् ।

जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिङका लागि अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । त्यसैले जिल्ला प्रशासन कार्यालयबाट हुने शान्तिसुरक्षा, मुद्दालगायत अत्यावश्यकबाहेकका अन्य सेवाहरु ३० गतेसम्मका लागि बन्द गरिएको प्रशासकीय अधिकृत अम्मरराज शर्माले जानकारी दिए ।

यसैगरी जिल्ला अदालतमा साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको र दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने निर्णय गरिएको श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>