
कोरोनाबाट थप ११ जनाको मृत्यु – Online Khabar
२६ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
काठमाडौं, सुनसरीका ३/३ जना, रुपन्देहीका २ जना तथा ललितपुर, धादिङ र सन्धिखर्कका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुको तथ्यांक छ ।
- थापाथली, काठमाडौंका ६३ वर्षीय पुरुषको सोमबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया र शक भएर १६ असोजमा अस्पताल भर्ना भएका उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहले ग्रसित थिए ।
- कुलेश्वर, काठमाडौंका ६७ वर्षीय पुरुषको सोमबार सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । निमोनिया र मुटुमा समस्या भएर २० असोजमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको समस्या पनि थियो ।
- विजेश्वरी, काठमाडौंकी ७१ वर्षीया महिलाको आइतबार सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । १६ असोजमा संक्रमण पुष्टि भएका उनी १७ गते अस्पताल भर्ना भएकी उनमा उच्च रक्तचाप र मधुमेह पनि थियो ।
- हात्तिवन, ललितपुरका ५० वर्षीय पुरुषको आइतबार सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । २१ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २५ गते अस्पताल भर्ना भएका थिए ।
- बहराक्षेत्र नगरपालिका-५, सुनसरीका ३७ वर्षीय पुरुषको सोमबार नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको छ । दुवै मृगौला फेला भएका उनलाई कोरोना संक्रमण भएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको थियो ।
- धरान उपमहानगरपालिका-२, सुनसरीका ८९ वर्षीय पुरुषको सोमबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । असोज २३ गते भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको पनि समस्या थियो ।
- सुनसरीका ९० वर्षका पुरूष मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- देवदह नगरपालिका-१०, रुपन्देहीका ७९ वर्षीय पुरुषको सोमबार कोरोना अस्पतालमा मृत्यु भएको छ । असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए । उनी दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए ।
- तिलोत्तमा नगरपालिका-१५, रुपन्देहीकी ३५ वर्षीया महिलाको सोमबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २० असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या भएपछि २१ गते लुम्बिनी प्रादेशिक अस्पतालले चितवन रिफर गरेको थियो ।
- नीलकण्ठ नगरपालिका-३, धादिङका २२ वर्षीय युवकको सोमबार सुमेरु अस्पताल, ललितपुरमा मृत्यु भएको छ । ज्वरो, खोकीका साथै निमोनिया भएपछि १८ असोजमा अस्पतालमा भर्ना भएका थिए ।
- सन्धिखर्क नगरपालिका-४, अर्घाखाँचीकी ८० वर्षीय महिलाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मृत्यु भएको छ । ज्वरो आउनुका साथै सास फेर्न समस्या भएपछि उनी सोमबार मात्र अस्पताल भर्ना भएकी थिइन् ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More