2021-03-06Saturday सुर्खेतमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु – Online Khabar – Hamro Nepal

सुर्खेतमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु – Online Khabar


२५ असोज, सुर्खेत । सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका-१०, की ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएकोे प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिए ।

दम र अल्सरको रोगीसमेत रहेकी ती महिलाको उपचारकै क्रममा आइतबार बिहान १० बजे मृत्यु भएको हो ।

असोज २१ गते कोरोना संक्रमण देखिएपछि उनलाई प्रदेश अस्पतालको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय उनलाई कोभिड निमोनियासमेत भएको डा. केसीले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ११ पुगेको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>