2021-02-28Sunday यूएईमा नेपाली कामदारको १९ लाख जरिवाना छुट – Online Khabar – Hamro Nepal

यूएईमा नेपाली कामदारको १९ लाख जरिवाना छुट – Online Khabar


युएई । जरिवाना तिर्न नसक्दा नेपाल फर्किन नपाएका १७ जना नेपाली कामदारहरुको करिब १९ लाख रुपैयाँ नेपाली दूतावास अबुधाबीको पहलमा मिनाहा भएको छ ।

दुबईको फ्लेक्स मेनेजमेन्ट कम्पनीमा कार्यरत नेपालीहरुको गत जुलाई १२ तारिखदेखि बिना भिसा युएईमै बस्न बाध्य भएकाले ओभरस्टेस्वरुप युएई दिराम ६० हजार तिर्न नसकेका कारण उनीहरू एयरपोर्टबाट फर्किएका थिए ।

नेपाली दूतावास अबुधाबीले दुबई इमिग्रेसनसँग समन्वय गरेर उक्त जरिवाना माफी गरिदिएको र यस कार्यमा नेपाली दूतावास अबुधाबीका जनसम्पर्क अधिकारी मोहम्मद इर्फानले अतुलनीय योगदान गरेको नेपाली दूतावास अबुधाबीकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिइन् ।

काउन्सिलर थापाका अनुसार उक्त कम्पनीमा कोभिड-१९ का कारण नियमित काम चल्न नसकेर ३५८ जना नेपाली रोजगारविहिन भएको र दूतावास साथै सामाजिक संघसंस्थाको सहयोगमा उनीहरूलाई खाना तथा अन्य सहयोग उपलब्ध गराउदै आइएको थियो ।

उनका अनुसार दूतावासको पहलमा सम्बन्धित कम्पनीबाट सबैलाई हवाई टिकट उपलब्ध गराइएको हो भने दूतावास र नेपाली समाज युएईको पहलमा एस्टर क्लिनिकबाट १७ जना नेपाली कामदारहरुको नि:शुल्क पीसीआर गराइएको हो ।

पीसीआर गराउन व्यवस्थापनको महत्त्वपूर्ण काममा नेपाली समाज युएईका महासचिव वेदप्रसाद अर्यालले योगदान गरेको काउन्सिलर थापाले बताए ।

उनीहरुलाई सुरुमा एनआरएनले खान र बस्नको व्यवस्थापन गरेको थियो भने लामो समयसम्म रेखदेख गर्न नसक्ने भन्दै एनआरएनए युएई पछि हटेको पीडित नेपाली कामदारहरुले सार्वजनिकरूपमा बोल्न थालेका थिए ।

पछिल्लो पटक पीडितहरु आक्रोशित बन्दै जादा परिस्थिति गम्भीर हुन लागेको अवस्थामा नेपाली दूतावास अबुधाबीले विसयवस्तुलाई टेक ओभर गरेर पीडित नेपालीहरुको पक्षमा सकारात्मक काम गरेको पत्रकार मेघराज सापकोटाले प्रतिक्रिया दिए ।

उनीहरू अक्टोबर ११, आइतबारको नेपाल एयरलाइन्सको जहाजबाट नेपाल फर्किसकेका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>