2021-02-28Sunday रुपन्देही र दाङका दुईजना कोरोना संक्रमितको मृत्यु – Online Khabar – Hamro Nepal

रुपन्देही र दाङका दुईजना कोरोना संक्रमितको मृत्यु – Online Khabar


२४ असोज, बुटवल । रुपन्देही र दाङका एक–एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार संक्रमित क्षयरोगका दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या ३४ पुगेको छ ।

उता दाङको घोराहीका १५ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएर उपचार गराइरहेका उनको शुक्रबार राति ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले पुष्टि गरेका छन् ।

मृतक किशोरमा १९ गते कोरोना पुष्टि भएको र प्लाज्मा थेरापीसहित उपचारका सबै विधि अपनाउँदा पनि बचाउन नसकिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले जनाएको छ । योसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएकाहरुको मृत्यु हुने संख्या १२ पुगेको छ ।






यो पनि पढ्नुहोस
कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ६०० नाघ्यो





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>