
जग्गा हेर्ने बहानामा लुटपाटपछि एक व्यक्तिको हत्या – Online Khabar
२३ असोज, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा एक जना व्यक्तिको हत्या भएको छ ।
जग्गा हेर्न वहानामा घरमा आएका दुई जना अज्ञात व्यक्तिले स्थानीय ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी केशवकुमार थेबेका अनुसार बुधबार अपरान्ह ४ बजेपछि घरमा आएका अज्ञात व्यक्तिको अनुरोधपछि योञ्जन जग्गा देखाउन डेढ किलोमिटरको दूरीमा रहेको क्षेत्रमा गएका थिए । त्यसक्रममा उनको सिक्री लुटेर हत्या गरिएको हो ।
प्रारम्भिक अनुसन्धानमा उनको लुटपाटका क्रममा प्रतिवाद गरेपछि भएको झगडाको क्रममा उनको मृत्यु भएको हुनसक्ने देखिएको छ । ‘गम्भिर घाइते भएपछि उनीहरुले छाडेर गएको देखिन्छ, केहीवेरमा उनले अन्य व्यक्तिलाई खबर गरेपछि परिवारले थाहा पाएको देखिएको छ’, थेबेले अनलाइनखबरसँग भने, ‘तत्काल उनलाई परिवारले मध्यपुर ठिमी अस्पताल लगेका थिए, अस्पतालले नै हामीलाई खबर गरेको हो ।’
प्रहरी टोली अस्पताल पुग्दा भने उनलाई ग्रिनसिटी अस्पतालमा रेफर गरिसकिएको थियो । थेबेका अनुसार अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ५ः०५ बजे उनको मृत्यु भएको चित्किसकहरुले घोषणा गरेका छन् ।
‘ढिलो गरी जानकारी आउँदा अभियुक्तलाई हालसम्म समात्न सकिएको छैन’, थेबेले थपे, ‘यद्यपि, प्राविधिक पक्षको विश्लेषणबाट प्रहरीले आफ्नो काम गरिरहेको छ ।’ ढिलोचाँडो भए पनि अपराधी प्रहरीको हातमा पर्ने उनले जनाए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More