2021-03-06Saturday कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईंको निधन – Online Khabar – Hamro Nepal

कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईंको निधन – Online Khabar


२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे एक बजे निधन भएको हो ।

प्रसाईं श्वासप्रश्वासमा समस्या आएपछि ६ दिनअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

१९७८ को माघ १५ मा जन्मिएका उनी स्वर्गीय कृष्णप्रसाद भट्टराई सभापति हुँदा विसं २०४८ को आठौं महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका थिए । त्यसअघि २०४४मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए ।

पूर्वकोषाध्यक्ष प्रसाईंको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रसाईंले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रसाईं पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित भएका थिए । विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसार्इँ निर्वासनबाट स्वदेश फर्किएका हुन् ।

विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी झापामा स्वतन्त्र उम्मेद्वारबने । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उनी पराजित भए ।

पछिल्लो समय भने उनले नेपाली कांग्रेस परित्या गरेका थिए । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेको भन्दै उनले पार्टी छोडेका थिए ।

प्रसाईंकी पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>