2021-02-28Sunday सरकार र डा. केसी सहमति नजिक  – Online Khabar – Hamro Nepal

सरकार र डा. केसी सहमति नजिक  – Online Khabar


२२ असोज, काठमाडौं । सरकार र २५ दिनदेखि अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ ।

शिक्षासचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच बिहीबार दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा. केसीले अघि सारेका ६बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ ।

कुनकुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने दुबै वार्ता टोलीका सदस्यहरुले बताउन चाहेका छैनन् । सरकारी वार्ता टोलीका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, निकै सकारात्मक छलफल भएको छ । छलफलमा आएका कुराहरुलाई दुबै टोलीले आफू सम्बद्ध पक्षमा परामर्श गरेपछि सहमति खोज्छौं ।’

डा. क्षेत्री नेतृत्वको वार्ता टोलीले डा. केसीलाई भेटेर मन्त्रालयमा भएका छलफलबारे ब्रिफिङ गरिसकेको छ । डा. केसीले भने भन्ने बाहिर ल्याइएको छैन ।

तर भोलि सरकार र डा. केसीबीच सहमति हुने सम्भावना रहेको शिक्षामन्त्रालयसवद्ध स्रोतले बताएको छ ।

केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ-६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए । ८ औं दिनमा काठमाडौं आएका उनले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिएका छन् ।

डा. केसीको अनसनको २४औं दिनमा सरकारले वार्ता टोली बनाएको थियो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>