2021-02-28Sunday रमेशनाथ पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा – Online Khabar – Hamro Nepal

रमेशनाथ पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा – Online Khabar


२१ असोज, काठमाडौं । रमेशनाथ पाण्डेद्वारा लिखित ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा आएको छ  ।

पुस्तकमा ऐतिहासिक दस्तावेजसहित बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठीसमेत समावेश गरिएको छ ।

पाण्डेले पुस्तकमा ०७ सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक–सामरिक कारण तथा आउन सक्ने परिणाम यस पुस्तकमा समावेश गरेका छन् ।

पाण्डे भन्छन्,  ‘२००७ सालको परिवर्तनलाई आख्यानको रुपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफैं संलग्न भएर सञ्चय गरेका सपना भङ्गको पीडा र दूरदृष्टि पूरा गर्ने सङ्कल्प लिएका युवा वर्गका लागि क्रान्ति र प्रतिक्रान्ति रुचिकर हुने आशा गरेको छु ।’

पूर्वपरराष्ट्रमन्त्री पाण्डेको यसअघि प्रकाशित पुस्तक ‘कूटनीति र राजनीति’ निकै चर्चित रहेको थियो । उक्त पुस्तकको छैटौं संस्करण पनि ‘क्रान्ति र प्रतिक्रान्ति’ संगै बजारमा उपलब्ध रहेको सांग्रिला बुक्सका मणि शर्माले बताए । ५ सय ५६ पृष्ठको पुस्तकको मूल्य ७ सय ९५  रुपैयाँ रहेको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>