2021-03-08Monday नाजिरले साइन गरे नयाँ फिल्म – Online Khabar – Hamro Nepal

नाजिरले साइन गरे नयाँ फिल्म – Online Khabar


नायक नाजिर हुसेन म्यूजिक भिडियोमा बढी व्यस्त छन् । उनले, अभिनय गरेका म्यूजिक भिडियो औषत सफल छन् । अडियो शक्तिशाली भएका केही गीतले भने दर्शकको साथ राम्रो पाएको देख्न सकिन्छ ।

लगातार चलचित्र असफल भएपछि चलचित्रकर्मीले नाजिरलाई पत्याउन छाडेका थिए । तर, लकडाउनपछि भने नाजिर चलचित्रमा पनि व्यस्त हुने देखिएको छ । हाल उनी बसन्त निरौलाले निर्देशन गरिरहेको वेव सिरिजको काममा पनि व्यस्त छन् ।

उनै, नाजिरले सेलिब्रिटी नेपालको ब्यानरमा बन्ने नयाँ चलचित्र साइन गरेका छन् । यो चलचित्रमा पटकथा तथा संवाद यम थापाको रहनेछ । चलचित्रका लागि निर्देशक र नायिका भने फाइनल भैसकेका छैनन् । चलचित्रको छायांकन फागुणबाट सुरु हुने योजना रहेको निर्माता रघुनाथ सापकोटाले जानकारी दिए ।

सामाजिक कथावस्तुमा बन्ने चलचित्रको नाम पनि फाइनल गरिएको छैन । नाजिरले यस अगाडि चलचित्र ‘हुतुतु’ साइन गरेका थिए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>