
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ – Online Khabar
२१ असोज, सुर्खेत । सल्यानमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको छ ।
११ वर्षदेखि फरार भएका साविकको कुपिण्डे गाविस-७ का ३६ वर्षीय हिमबहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वली जानकारी दिए ।
प्रवक्ता वलीका अनुसार बोहोराले २०६६ भदौ २७ गते बेलुका कुपिण्डे-१, को अमर प्राथमिक विद्यालय, पिपल चौताराको प्राङ्गणमा भलिबल खेल्ने क्रममा विवाद हुँदा कुपिण्डे-७ कै १८ वर्षीय (घटना हुँदा) रामलाल बिकको पेटमा छुरा प्रहार गरी फरार भएका थिए ।
उक्त छुरा प्रहारबाट घाइते बिकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सोही दिनदेखि फरार भएका बोहोरा बाँकेमा लुकीछिपी बसेको जानकारी पाएपछि प्रहरी टोलीले मंगलबार पक्राउ गरेको थियो ।
बोहोरालाई बुधबार जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रवक्ता वलीले बताए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More