2021-03-08Monday युवतीलाई टेबुलमा बसालेर दाँतले उठाए यी युवकले, बनाए विश्व किर्तिमान – Online Khabar – Hamro Nepal

युवतीलाई टेबुलमा बसालेर दाँतले उठाए यी युवकले, बनाए विश्व किर्तिमान – Online Khabar


२० असोज, काठमाडौं । के कुनै मानिसका दाँत यतिधेरै शक्तिशाली होलान् कि दाँतले नै टेबुल उठाउन सकोस्, अझ मान्छे बसेको टेबुल ! धेरैका लागि एउटा हातले समेत उठाउन नसकिने टेबुल दाँतले उठाउने कल्पना त कसरी गर्नु ?

आम मानिसका लागि कल्पनाभन्दा बाहिरको यस्तो क्षमता स्पेनका एक युवकले चाहिँ दुनियाँलाई देखाइदिए । स्पेनको म्याड्रिडमा एक युवकले एकजना युवतीलाई टेबुलमा बस्न लगाएर उक्त टेबुललाई आफ्नो दाँतले टोकेर उठाउँदै विश्व कीर्तिमान कायम गरेका थिए ।

उनले सन् २००८ मा राखेको उक्त कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

जर्जेन क्रिस्टन नामका ती युवकले १२ किलो तौलको टेबुलमा एकजना ५० किलो तौलकी युवतीलाई बसालेर कूल ६२ किलो तौल आफ्नो दाँतले उठाइदिए ।

लक्जेम्बर्गका नागरिक रहेका जर्जेनले युवती बसेको टेबुललाई दाँतमा उठाएनन् मात्र दाँतमा अठ्याएर ११.८ मिटरसम्म हिँडेका थिए । ‘लो शो दि रेकर्ड’ भन्ने कार्यक्रममा उनले राखेको कीर्तिमानलाई गिनिज बुकले समेत समावेश गरेको थियो ।

–एजेन्सी





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>