
नेकपा सचिवालय बैठक बालुवाटारमा – Online Khabar
२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । दिउँसो चार बजे बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।
बैठकमा गएको बिहीबारको मन्त्रिपरिषद्बाट भएका संवैधानिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताको बाँकी कामलगायतबारे छलफल हुने कार्यसूची तय भएको छ ।
पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्ति गरिएपछि नेकपाभित्र असन्तुष्टि देखिएको छ । यसबारे छलफल गर्न शनिबार नै सचिवालय बैठक बोलाइए पनि बस्न बसेको थिएन ।
सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे समेत छलफल हुने स्रोतले जनायो । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्री थप गर्नेबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबारमात्रै छलफल गरेका थिए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More