
प्रदेशसभामा तोडफोड गर्ने तीन सांसदलाई कांग्रेसले कारवाही गर्ने – Online Khabar
१९ असोज, काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ ।
संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार कारवाही गर्ने भएको हो ।
कांग्रेस स्रोतका अनुसार सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए ।
सानेपामा सोमबार नै बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक कोरोनाका कारण बस्न नसकिरहेका बेला देउवाले केही केन्द्रीय नेताहरुसँग टेलिफोन सम्वाद गरेको स्रोतले बतायो । कांग्रेसको नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न देउवाले निर्देशन दिएको एक नेताले अनलाइनखबरलाई बताए ।
‘खास गरी तीनजना सांसदको व्यवहार देखेर सभापति आक्रोशित हुनुभएको छ’ कांग्रेसका एक नेताले भने, ‘तीनैजना प्रदेशसभा सदस्यमाथि विधानको प्रक्रिया पुर्याएर कारवाही हुन्छ ।’
सोमबार बुटवलमा प्रदेशसभाको बैठक भइरहँदा कांग्रेस सांसद बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार तोडफोडमा उत्रिएका थिए । अन्य केही सांसदले पनि उनीहरुलाई साथ दिएका थिए ।
रोष्टम अगाडि उभिएर शान्तिपूर्वक नाराबाजी गर्नु स्वाभाविकै भए पनि सरकारी सम्पतिमाथि भौतिक क्षति पुर्याइनु कांग्रेसको नीति विपरीत भएको एक नेताले बताए ।
संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यताको,कांग्रेसका लागि रोजाईको पद्धति हो l परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो !
अरुका गल्तीमा सच्याउंदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको `छिटपुट´ भनेर छोप्दैन,कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 5, 2020
यसैवीच, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सोमबार नै ट्विटमार्फत प्रदेशसभा तोडफोडको घटनालाई नेपाली कांग्रेसले ढाकछोप नगर्ने बताएका छन् । शर्माले ट्विटमा भनेका छन्, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको छिटपुटझ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।’
यो पनि पढ्नुहोस
प्रदेशसभामा तोडफोड : लोकतन्त्रको धज्जी, संघीयताविरोधीलाई फाइदा
यो पनि पढ्नुहोस
प्रदेशसभा तोड्फोड गर्नेहरु भन्छन् : हामीलाई पश्चाताप छैन
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More