
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, २ जना घाइते – Online Khabar
१९ असोज, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
आइतबार राति गुल्मीदरबार गाउँपालिका-१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षका धनबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।
दुर्घटनामा कपिलवस्तु घर भएका ३० वर्षका रेशम ताम्राकार (चालक) र गुल्मीदरबार गाउँपालिका-१ माझीगाउँका १५ वर्षका लालबहादुर बुढामगर घाइते भएका छन् ।
घाइते २ जनाकै मजुवास्थित सारथी मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रावलले जानकारी दिए ।
दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More