2021-03-06Saturday भीमफेदी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो – Online Khabar – Hamro Nepal

भीमफेदी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो – Online Khabar


१८ असोज, हेटौंडा । मकवानपुरको भीमफेदीमा आइतबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका दुई जनाको पहिचान पनि खुलेको छ ।

प्रहरीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा भीमफेदी –७ का २५ वर्षीय राजन मगर र हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २५ वर्षीय भीमलाल थिङ रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी झापाको जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरीको हेटौंडा अस्पतालमामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६, सिमखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>