2021-02-26Friday जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको बाँकेमा मृत्यु – Online Khabar – Hamro Nepal

जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको बाँकेमा मृत्यु – Online Khabar


१८ असोज, काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो ।

उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो ।

साथै कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । असोज १५ गते अपराह्न ४ बजे कोहलपुरमा भर्ना हुँदा उनी बेहोस अवस्थामा रहेको र रोगको प्रकृतिअनुसारका सबै उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।






यो पनि पढ्नुहोस
कोरोना संक्रमणबाट दैनिक ८ जनाको मृत्यु !





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>