2021-03-04Thursday अमूल्य सम्पत्ति बचाउनुस् – Online Khabar – Hamro Nepal

अमूल्य सम्पत्ति बचाउनुस् – Online Khabar


१६ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई भेट्न शुक्रवार पूर्वराष्ट्रपति डा. रामबरण यादव त्रिवि शिक्षण अस्पतालमा पुगे ।

भेटमा डा. यादवले केसीलाई महात्मा गान्धीसँग तुलना गरे । ‘सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको छ’ उनको भनाइ थियो ।

डा. यादवले केसीसँग अनशनमा विगतमा जस्तै ऐक्यवद्धता जनाउन आएको जानकारी गराए । डा. यादवलाई उधृत गर्दै डा. केसीका सहयोगी सञ्जीव कार्कीले भने, ‘सरकारले माग पूरा गरेर राष्ट्रको अमूल्य सम्पत्ति डा. केसीलाई बचाउनुपर्छ ।’

करिव ७ मिनेट केसीसँगको भेटघाटमा बिताएका डा. यादवले उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै उपचारमा खटिने स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । डा. केसीले बोल्न नसके पनि हात उठाएर पूर्वराष्ट्रपतिलाई धन्यवाद दिएका कार्कीले बताए । पूर्वराष्ट्रपति बोल्दै गर्दा डा. केसीका आँखा पिल्पिलाएका थिए ।

डा. केसीको उपचारको लागि सरकारलाई गम्भीर भएर सोच्न पनि डा. यादवले आग्रह गरे । अहिलेसम्म डा. केसीले सलाइन पानी बाहेक कुनै पनि औषधी र उपचार लिन मानेका छैनन् ।

शुक्रबार नै डा. केसीलाई भेट्न पूर्वमन्त्री दीपक बोहरा पनि पुगेका थिए । डा. केसीको अनशनको शुक्रबार १९ औँ दिन हो । छ बुँदे माग राखी जुम्लाको चन्दननाथ–६, बाबिरामस्टा मन्दिरको धर्मशालाबाट २९ भदौमा सत्याग्रह शुरु गरेका डा. केसी गत ६ असोजमा काठमाडौंस्थित टिचिङ अस्पतालको ५०१ नम्बर कोठामा अनशनरत छन् ।






यो पनि पढ्नुहोस
असह्य पीडामा पनि शान्त डा. केसी

सरकारले भने अहिले अनशन बस्ने समय नभएको भन्दै फिर्ता लिन डा. केसीलाई आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा. केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका थिए ।

डा. केसीका कतिपय माग पूरा भएको र कतिपय विषयमा पछि पनि छलफल गर्न सकिने भन्दै उनले अहिले अनशन बस्न उपयुक्त समय नभएको जिकिर गरेका थिए । अनशनको १९ औं दिनसम्म सरकारले केसीको मागबारे छलफल गर्ने र अनशन अन्त्यका लागि औपचारिक पहल गरेको छैन ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>