2021-03-01Monday कर्मचारीमा कोरोना देखिएपछि सिरानचोक गाउँपालिका बन्द, संक्रमतिको गाउँ सिल – खोजखबर – Hamro Nepal

कर्मचारीमा कोरोना देखिएपछि सिरानचोक गाउँपालिका बन्द, संक्रमतिको गाउँ सिल – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, असोज १४ गते ।
सिरानचोक गाउँपालिकाका २९ वर्षीय एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै गाउँपालिकाको कार्यालय सात दिनका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।
‘उहाँमा रुघा खोकीको समस्या देखियो, अनि पिसिआर गराएका थियौं,’ उनले भने, ‘पोजेटिभ रिर्पोट प्राप्त भएको छ । त्यसैले अहिले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छौं ।’ उनको सम्र्पकमा आएका हुनसक्ने मानिसहरुको पहिचान गरी कन्ट्याक्ट टे«सिङ गर्ने गाउँपालिकाको तयारी छ । उक्त रिर्पोट प्राप्त नहुँदासम्म सबैलाई संयमित भइदिन आग्रह गरिएको छ । गाउँपालिकाका सबै कर्मचारी र जनप्रतिनिधि होमक्वारेन्टिनमा बस्ने बताइएको छ । यसैवीच वडा नम्बर ३ हर्मीको कार्यालय पनि बन्द गरिएको वडा सचिव अजिता राईले बताईन । उक्त कर्मचारी घर रहेको घिमिरे गाउँ क्षेत्र शिल गरिएको उनले बताईन ।

यसैगरी १२ किलो प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार दैलेख घर भई १२ किलो प्रहरी चौकीमा कार्यरत २५ वर्षका सुरक्षाकर्मीको रिर्पोट पोजेटिभ आएको हो । योसँगै १२ किलो प्रहरी चौकी शिल गरिएको छ । संक्रमति प्रहरीलाई गोरखा क्याम्पसको आइशोलेनमा ल्याएको छ । त्यहाँ कार्यरत सबै प्रहरीहरुलाई चौकीमै क्वारेन्टिनमा राएिको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । १२ किलोको सुरक्षाका लागि जिप्रकाबाट छुट्टै टोली खटाइएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
जिल्ला भर भने बुधबार अन्य ३ जनामा पनि संक्रमण पुष्टि भएको छ । आरुघाट गाउँपालिका ९ मा बस्ने २४ र २६ वर्षका मजदुर र पालुङटार ५ का २२ वर्षीय पूरुषमा कोरोना पुष्टि भएको छ । बुधबार मात्र गोरखामा ५ जना संक्रमित थपिएका छन् । यो सँगै अहिले सम्म गोरखामा कोरोना संक्रमितको संख्या दुई सय ४९ पुगेको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>