2021-03-09Tuesday भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो – Online Khabar – Hamro Nepal

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो – Online Khabar


१२ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म ६० लाख ७४ हजार ७०३ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८२ हजार १७० नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ९५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट एक हजार ३९ जनाको मृत्यु भएको हो । यससँगै समग्रमा भारतमा मृत्यु हुनेको संख्या पनि ९५ हजार ५४२ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोनाका ५० लाख १६ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् भने नौ लाख ६२ हजार ६४० संक्रमित निको हुन बाँकी छन् ।

भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अहिलेसम्म अमेरिकामा ७१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>