
बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालन – Online Khabar
११ असोज, बुटवल । शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड ४० घण्टापछि आइतबारदेखि सञ्चालनमा आएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा पर्ने पाल्पाको तिनाउ गाउपालिकाका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि आइतबार साँझदेखि एकतर्फी रुपमा सवारी सञ्चालन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सडक खुलेपछि दुई दिनदेखि बीचबाटोमै रोकिएका सवारी साधन तथा यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।
शुक्रबार परेको मुसलधारे पानीसँगै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत चिडियाखोला, कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, अर्घाछाप, पानीमिललगायतका स्थानमा ठूला–ठूला ढुंगा सहितको पहिरो खसेर सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More