2021-02-28Sunday श्रद्धाको बयान–‘सुशान्तले भ्यानेटी भ्यानमा ड्रग्स लिएको देखेकी थिएँ’ – Online Khabar – Hamro Nepal

श्रद्धाको बयान–‘सुशान्तले भ्यानेटी भ्यानमा ड्रग्स लिएको देखेकी थिएँ’ – Online Khabar


ड्रग्स मुद्दामा नाम जोडिएपछि नायिका श्रद्धा कपुर आज एनसीबीको अफिसमा बयानका लागि पुगेकी छिन् । उनलाई एनसीबीका ६ जना सदस्यले विभिन्न प्रश्न सोधेका थिए । आफ्नो बयानका क्रममा श्रद्धाले ड्रग्स लिएको कुरालाई अस्विकार गरेकी छिन् ।

चलचित्र ‘छिछोरे’को सफलता पार्टीमा आफू सहभागी भएको उनले स्विकार गरेकी छिन् । तर, सो पार्टीमा आफूले अल्कोहल पिएको तर ड्रग्स नलिएको उनले बयान दिएकी छिन् । चलचित्र ‘छिछोरे’मा श्रद्धाले नायक सुशान्त सिंह राजपुतसँग काम गरेकी थिइन् । सुशान्तको गेष्ट हाउस पवानामा भएको पार्टीमा श्रद्धा सहभागी भएकी थिइन् ।

भारतीय मिडियाका अनुसार श्रद्धाले बयानका क्रममा चलचित्रको छायांकनका क्रममा सुशान्तले आफ्नो भ्यानेटी भ्यानमा ड्रग्स सेवन गरेको बयान दिएकी छिन् । श्रद्धासँगै आज नायिका दीपिका पादुकोण, साराअली खानको पनि एनसीबीले बयान लिएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>