2021-03-06Saturday नक्कली नोटले सुनको हार खरिद गर्ने दुई जना पक्राउ  – Online Khabar – Hamro Nepal

नक्कली नोटले सुनको हार खरिद गर्ने दुई जना पक्राउ  – Online Khabar


९ असोज, काठमाडौं । नक्कली नोट दिएर ललितपुरस्थित एक सुन पसलबाट ५ तोला बराबरको सुनको हार लिएर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२७ ज्याठा बस्ने २७ वर्षीय अजय महर्जन र काठमाडौं–२१ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २८ वर्षीय इक्युज तुलाधर रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नक्कली नोट छाप्ने एक थान मेसिन, एक थान ल्याप्टप, एक थान सीपीयू, एक हजार दरका ४६५ थान नक्कली नोट र ३७ थान सक्कली नोट बरामद गरेको छ । यसैगरी एक थान सुनको रानीहार, एक थान तिलहरी, एक थान सुनको औंठी र दुई थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

असोज १ गते ललितपुर महानगरपालिका–१४ ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजाललाई चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट थमाई सुनको गहना लिएर उनीहरु फरार भएका थिए । रिजालले बिल बनाउँदै गर्दा सुन किन्न आएका व्यक्ति भने फरार भएपछि उनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नक्कली नोट बरामद गरी उनीहरुको खोजीकार्य तथा अनुसन्धानलाई तीव्र पारेको थियो ।






यो पनि पढ्नुहोस
ललितपुरबाट साढे चार लाख बराबरको नक्कली नोट बरामद

पक्राउ परेका दुवै जनालाई शुक्रबार ललितपुर जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसुर मुद्दामा सात दिनका लागि म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको महानगरीय अपराध महाशाखा ललितपुरले जनाएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>