
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु – Online Khabar
९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
मोरङका दुई जना तथा काठमाडौं, ललितपुर, सप्तरी, रुपन्देही, बाँके र पर्साका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।
- कानेपोखरी गाउँपालिका-१, मोरङका ५५ वर्षीय पुरुषको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । क्यान्सरका बिरामी उनी ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या लिएर ५ असोजमा अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण भएको असोज ८ गते पुष्टि भएको थियो ।
- मोरङकै ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- राजविराज नगरपालिका-३, सप्तरीका ७० वर्षीय पुरुषको बिहीबार राति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २५ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासको समस्या लिएर अस्पताल भर्ना भएका थिए ।
- बुटवल उपमहानगरपालिका-८, रुपन्देहीका ७२ वर्षीय पुरुषको शुक्रबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनलाई कोरोना संक्रमण भएको शुक्रबार बिहान पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
- नेपालगञ्ज उपमहानगरपालिका-३, बाँकेका ५२ वर्षीय पुरुषको शुक्रबार नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि ६ गते असपताल भर्ना भएका उनलाई निमोनिया भएको थियो । उनी उच्च रक्तचापबाट समेत पीडित थिए ।
- पोखरिया नगरपालिका-१, पर्साका ७७ वर्षीय पुरुषको बिहीबार नेशनल मेडिकल कलेजमा मृत्यु भएको छ । मुटु र मिर्गौलाको समस्याबाट पीडित उनी ७ असोजमा अस्पतालमा भर्ना भएका थिए ।
- काठमाडौंका ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More