2021-03-06Saturday हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीका दुई सडकखण्ड पहिरोले अवरुद्ध – Online Khabar – Hamro Nepal

हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीका दुई सडकखण्ड पहिरोले अवरुद्ध – Online Khabar


८ असोज, हेटौंडा । अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीका दुई वटा सडकखण्ड अवरुद्ध भएका छन् ।

हेटौंडा काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत भिमफेदी—कुलेखानी सडकखण्ड र त्रिभुवन राजपथ खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

भिमफेदी—कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ देउराली र त्रिभूवन राजपथको भिमफेदी गाउँपालिका-९ दन्दुभञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा दुवै सडकखण्ड भएर चल्ने सवारी साधनहरु बीच सडकमै अलपत्र परेका छन् । वर्षा नरोकिएका कारण दुवै सडकखण्डमा खसेकाे पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

यस्तै कान्तीलोकपथमा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>