2021-02-26Friday पहिरोले सिद्धार्थ र पृथ्वी राजमार्ग अवरुद्ध, वर्षाको बेला यात्रा नगर्न प्रहरीको अनुरोध – Online Khabar – Hamro Nepal

पहिरोले सिद्धार्थ र पृथ्वी राजमार्ग अवरुद्ध, वर्षाको बेला यात्रा नगर्न प्रहरीको अनुरोध – Online Khabar


८ असोज, बुटवल । भारी वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा पाल्पामा पर्ने सिद्धार्थ र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिक र तानसेन नगरपालिका–८ डुम्रेमा पहिरो खस्दा बिहानदेखि नै सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा सवारी साधन र तीनमा सवार यात्रु बीचमै रोकिएका छन् ।

यस्तै पाल्पाको रम्भा गाउँपालिका जामुनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । वर्षा नरोकिएका कारण पहिरो पन्छाउन केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

वर्षा भएको समयमा पाल्पा–बुटवल खण्डको सिद्धार्थ राजमार्गमा यात्रा नगर्न पाल्पा प्रहरीले अनुरोध गरेको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>