2021-03-08Monday छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी ! – Online Khabar – Hamro Nepal

छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी ! – Online Khabar


काठमाडौं । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले एउटा यस्तो कडा कानून ल्याउँदैछ जसमा छोटा कपडा लगाउने महिलाहरुलाई कारवाही गरिनेछ ।

१८ वर्षकी मोलिका ट्यानले जब पहिलोपटक सरकारले उक्त कानूनको मस्यौदा तयारी गरिरहेको बारेमा सुनिन् तब उनी यति चिन्तित भइन् कि त्यसविरुद्धमा एक अनलाइन अपिल नै सुरु गरिन् ।

प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई ‘उत्तेजक तथा भड्काउ’ पहिरन लगाउन तथा पुरुषलाई जिउको माथिल्लो भाग नांगो अर्थात् टपलेस हुनमा रोक लगाइनेछ ।

सांस्कृतिक परम्पराहरु तथा सामाजिक प्रतिष्ठालाई बचाउने प्रयासका रुपमा उक्त कानून बनाउन लागिएको सरकारको दाबी छ । तर धेरै मानिसहरुले त्यसको विरोध गरेका छन् ।

मोलिकालाई यस्तो कानून महिलामाथिको आक्रमण हो भन्ने लाग्छ । एक कम्बोडियाली युवाको रुपमा आफू घरबाहिर पनि सुरक्षित महसुस गर्न चाहने र आफूलाई सहज महसुस हुने कपडा पहिरिन चाहने उनको भनाइ छ । कपडाका माध्यमबाट आफूलाई प्रस्तुत गर्न चाहने भन्दै उनले सरकारले यसमा कुनै व्यवधान नगरोस् भन्ने उनको चाहना छ । महिलालाई छोटो स्कर्ट लगाउनबाट रोक्नुका साटो संस्कृति संरक्षणका अन्य उपाय अपनाउनुपर्ने उनको सुझाव छ ।

उनले गत वर्ष सुरु गरेको अनलाइन हस्ताक्षर अभियानमा अहिलेसम्म २१ हजारभन्दा धेरै हस्ताक्षर संकलन भैसकेको छ । साथै उक्त अभियानमा #mybodymychoice नामक ह्यासट्यागको प्रयोग गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा कम्बोडियामा सरकारले आम महिलाहरु मात्र होइन गायक गायिका तथा कलाकारहरुलाई समेत उत्तेजक पहिरनमा रोक लगाउने गरेको छ । गत अप्रिलमा एकजना महिलालाई ६ महिनाको जेल सजायँ सुनाइएको थियो । उनलाई सोसल मिडियामा कपडा बेच्ने नाममा अश्लीलता फैलाएको आरोप लगाइएको थियो ।

–एजेन्सी





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>