Share on Your Social Media
खोजखबर
गोरखा, असोज ८ गते ।
सिरानचोक गाउँपालिका ७ को खहरे बजार क्षेत्र सिल गरिएको छ । भक्तपूरको मध्यपूर ठिमी नगरपालिका स्थिती होम आइसोलेशनमा बसेकी ५१ वर्षीय एक महिला आफूखुसी भागेर त्यहाँ आई बसेपछि उक्त क्षेत्र सिल गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
संक्रमित महिलाले परिवारका अन्य सदस्यहरुसँग सम्र्पक गरेको उनीहरु बजारमा किनमेल गर्न हिडेको समेत पाइएको छ । सोही अनुरुप उनको सम्र्पकमा आएका हुनसक्ने मानिसहरुको पहिचान गरी कन्ट्याक्ट टे«सिङ गर्ने गाउँपालिकाले तयारी गरेको छ । उक्त रिर्पोट नआएसम्मका लागि पूर्वमा सिरानचोक गाउँपालिका ७ खहरेखोलाको पक्की पुल, पश्चिममा खहरे उल्टेको बालज्योति प्रा।बि भवन, उत्तरमा मध्यपहाडी लोकमार्ग अन्र्तगत दरौंदीको पक्की पुल र दक्षिणमा खहरे खोलाको शिखर भोर्ले गाउँ देखि तलसम्म क्षेत्रलाई सिल गरिएको छ । गाउँपालिकाले बिहीबार सार्वजानिक सूचना जारी गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि उक्त क्षेत्रमा आवत–जावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ‘स्वास्थ्य र सावधानीका साथ सबैजना घरमै बसिदिनुहोला । जरुरी काममा निस्कनै परे पनि सुरक्षित हिसाबले निस्कनु होला,’ अध्यक्ष गुरुङले भने, ‘यदी कोही कसैले अटेर गरे प्रहरीले कानून अनुसार कारवाही गर्नेछ ।’ सो क्षेत्र भएर चल्ने सार्वजानिक सवारी साधनलाई नरोक्न र त्यहाँबाट यात्रु नचढाउन÷ओर्लान पनि गाउँपालिकाले अनुरोध गरेको छ ।