2021-03-01Monday भारतीय नम्बर प्लेटको एउटा जिप प्रहरीको नियन्त्रणमा – Online Khabar – Hamro Nepal

भारतीय नम्बर प्लेटको एउटा जिप प्रहरीको नियन्त्रणमा – Online Khabar


७ असोज, वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रबाट भारतीय नम्बर प्लेटको जिप प्रहरीले नियन्त्रणमा लिएको छ । छिपहरमाई गाउँपालिका–५ स्थित सडकमा राखिएको बीआर ३२ पीए २३०६ भारतीय नम्बरको जिप प्रहरीले नियन्त्रणमा लिएको हो ।

ग्रामिण क्षेत्रमा भारतीय नम्बरको जिपहरु चोरी पैठारी गरी चलाउने गरिन्छ । प्रहरीका अनुसार बरामद गरिएको जिपको बजार मुल्य अन्दाजी २० लाख रुपैयाँ रहेको अनुमान गरिएको छ ।

जिप रहेको वरपरका मानिससँग सोधपुछ गर्दा कोही कसैले पनि हक दाबी नगरेको प्रहरीको भनाइ छ । बेवारिसे अवस्थामा असोज ५ गते फेला परेको जिप माग दाबीका लागि आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएपनि कोही पनि नआएपछि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>